`

अमेरिकी बम वर्षकले प्रयाेग गर्ने हिन्द महासागरस्थित डिएगाे गार्सियन सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार

Nepal One HD ७ चैत २०८२ १४:५९
अर्थ समाचार

अमेरिकाकाे महत्वपूर्ण सैन्य अड्डामा इरानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

हिन्द महासागरस्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डा डिएगो गार्सियामा इरानले क्षेप्यास्त्र प्रहार गरेकाे हाे ।

याे अड्डालाई अमेरिकी बम वर्षकले प्रयाेग गर्छन् । सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले उक्त हमला स्थानीय समयबमोजिम शुक्रबार बिहान भएको पुष्टि गरेका छन्।

उनीहरूका अनुसार इरानले दुई क्षेप्यास्त्र प्रहार गरेको हो। तर इरानी तटबाट ३ हजार ८१० किलोमिटर टाढा रहेको बेसमा क्षेप्यास्त्र लागेन।

ठूला ट्यांकर विमान जस्तै: केसी-१३५ र निगरानी विमान पनि यहाँबाट सञ्चालन गर्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *