`

ललितपुरमा भत्कियाे इँट्टाभट्टाकाे पर्खाल, एक महिलाकाे मृत्यु, ४ घाइते

Nepal One HD ८ चैत २०८२ १२:३७
अर्थ समाचार

काठमाडौं । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।

पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *