`

अमेरिकी राष्ट्रपति ट्रम्पकाे कडा आलाेचनामा उत्रिए चित्रबहादुर केसी (भिडियो)

Nepal One HD ९ चैत २०८२ १७:१७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै अमेरिकाको भूमिकालाई लिएर कडा प्रतिक्रिया दिएका छन्।

उनले नेपालमा राजनीतिक दलहरूले भ्रष्टाचार गरेकाे र जनताले सुख पाएन भनेर नभई निर्वासित तिब्बती धर्म गुरु दलाई लामाकाे पुनर्स्‍थापनाका लागि अमेरिकाले आफ्नो स्वार्थ अनुसार खेल खेलेको आरोप लगाएका छन्।

केसीले भने, ‘यहाँ एमालेले भ्रष्टाचार गर्‍याे , कांग्रेसले भ्रष्टाचार गर्‍याे, माओवादीले भ्रष्टाचार गर्‍याे तर नेपाली जनताले सुख पाएन भनेर हाेइन । अमेरिकाले चीनविरुद्धको आफ्नो रणनीतिक खेल खेलिरहेको छ। यो खेल दलाइ लामालाई प्रस्थापित गर्ने उद्देश्यका लागि गरिएको हो।’

उनले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उनलाई निर्वाचित गर्ने जनताकाे आलाेचना पनि गरे ।

नेपालमा प्रत्यक्ष कार्यकारीकाे प्रसङ्‍ग उठेकाेमा असन्तुष्टि जनाउँदै उनले भने, ‘प्रत्यक्ष कार्यकारीमा ट्रम्पजस्ता नेता पनि जनताले चुन्छन्। यसले देखाउँछ कि जनताको निर्णय सधैं दीर्घकालीन हितमै आधारित हुँदैन। एउटा सार्वभौम राष्ट्रको राष्ट्रपतिलाई सेना लगाएर अपहरण गर्ने जस्ता घटनाले पनि लोकतन्त्रको अस्थिरता देखाउँछ।’

केसीले इरान, बङ्‍गलादेश र श्रीलङ्‍कामा अमेरिकाले गरेको हस्तक्षेपको चर्चा गर्दै नेपालमा पनि अप्रत्यक्ष रूपमा चुनावी प्रक्रियामा प्रभाव परेको बताए। बङ्‍गलादेश र श्रीलङ्‍काका जनताले ट्रम्पकाे चाहनाविपरीत फैसला गरेकाे तर नेपालमा त्यस्ताे नभएकाे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *