दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन
समाचार
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई रु १० हजार जरिवाना गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
