`

प्रतिशाेधपूर्ण ढङ्‍गले पक्राउ गरिएका ओलीलाई महाराजगञ्‍जकाे २ नम्बर गेटमा राखिने

Nepal One HD १४ चैत २०८२ १०:०३
नेकपा एमाले

काठमाडौँ । कार्की आयोगको प्रतिशोधपूर्ण र पक्षपातपूर्ण प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । स्वास्थ्य परीक्षणपछि ओलीलाई त्यहाँ लाने भएकाे हाे ।

जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ लगत्तै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइए पनि अब २ नम्बर गणमै राखिन लागेको हो ।

गृह मन्त्रालयले गरेको परिपत्रका आधारमा आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा ओलीलगायतका राजनीतिक पदाधिकारीलाई पक्राउ गरेका थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *