प्रहरीले लाठीचार्ज गर्दा एमाले प्रदर्शनकारी घाइते
अपराध
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ ।
लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् ।
माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो ।
त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको छ । आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी बर्साएको फुयालले बताए ।
सँगै रहेका महनगर –१ बस्ने युवराज ओलीको टाउकोमा नै लाठी लागेको उनले जानकारी दिए ।
लाठी लागेर रगतपच्छे भएपछि उनलाई नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको फुयालले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
