`

कांग्रेस–एमालेको संयुक्त प्रदर्शन थाले, देशमा द्वन्द्वको जोखिम बढ्यो

Nepal One HD १४ चैत २०८२ १७:१५
नेकपा एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशका विभिन्‍न स्थानमा प्रदर्शन भइरहेको छ ।

शनिबार बिहानै दुई नेताको पक्राउपछि केही ठाउँमा कांग्रेस र एमालेले बालेन सरकारविरुद्ध संयुक्त प्रदर्शन सुरु गरेका छन् ।

केहीबेर अघिदेखि लेखकको गृह जिल्ला कञ्चनपुरमा एमाले र कांग्रेसका नेता कार्यकर्ताहरूले संयुक्त प्रदर्शन गरिरहेका छन् ।
दुवै दलका नेता तथा कार्यकर्ता आ-आफ्नो पार्टीका झण्डा बोकेर सडकमा आएका हुन्।

उनीहरूले ओली र लेखकको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्।

उनीहरूले प्रतिशोध साँधेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका हुन्।

दुई दलको प्रदर्शनले देश द्वन्द्वमा धकेलिने चिन्ता बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *