पेरिसडाँडामा नेकपाले बोलायो संसदीय दलको बैठक:प्रचण्ड दलको नेता हुने पक्कापक्की
राजनीति
काठमाडौँ । फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष ८ र समानुपातिक ७ गरि गते १७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ। आइतबार(आज) दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने भएको हो।
आज बस्ने बैठकले दलको नेता पनि चयन गर्न सक्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए । उनले पार्टीले संसदीय दलको नेता प्रचण्ड हुने लगभग पक्कापक्की रहेको समेत जिकिर गरेका छन्।
उनले भने ‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
