सरकारले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने
बिशेष
काठमाडौं – रास्वपा नेतृत्वको सरकारले एकपछि अर्काे महत्वपूर्ण निर्णहरु गरिरहेको छ । सरकारले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने निर्णय पनि गरेको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म सञ्चालन हुँदै आएका ‘एण्ट्रान्स प्रिपरेशन’ कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको हो।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले भर्ना प्रक्रिया अघि नै प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएकोमा यसले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै अनावश्यक आर्थिक बोझ बढाएको निष्कर्ष निकालिएको छ।
आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता कार्यक्रम पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
