`

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

Nepal One HD १६ चैत २०८२ १२:०२
समाचार

काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ स्थित काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुहबी नगरपालिका-९ का २२ वर्षीय विपीन चौधरीको मृत्यु भएको हो। प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा पछाडि सवार उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी-९ कै २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *