`

बालेनको राजीनामा माग्दै एमाले सडकमा उत्रिँदा जे देखियो (तस्बिरहरू)

Nepal One HD १६ चैत २०८२ १५:२८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा एमाले नेता कार्यकर्ताहरूले ओलीको रिहाइ र प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को राजीनामा मागेका थिए ।

उनीहरूले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई एकपक्षीय र अधुरो भन्दै खारेज गर्न माग गरेका छन् ।

ओलीको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वग्रहीपूर्ण र अन्यायपूर्ण भन्दै प्रदर्शन गर्दै आएका छन् । ओली शनिबार बिहानै पक्राउ परेका हुन् ।

हेर्नुहोस्, एमाले प्रदर्शनको तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *