बालेन सरकारलाई सर्वोच्चको आदेश– रमेश लेखक पक्राउ गर्नुको कारण पेस गर्नू
नेपाली कांग्रेस
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लेखकलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई सोमबार आदेश दिएको हो ।
तर, अदालतले उनलाई रिहा गर्न भने आदेश दिएन । पत्नी यशोधा लेखकले रमेशको पक्राउ गैरकानुनी भएको जिकिर गर्दै बन्दीप्रत्यक्षीकरण रिट आइतबार दायर गरेकी थिइन् ।
लेखक भने शनिबार बिहानै पक्राउ परेका हुन् । गत भदौ २३ गते भएको जेन–जी विद्रोहको बेला गृहमन्त्री छँदा १९ जना नवयुवाको ज्यान उनीसमेतको हेल्चेकर्याइँले भएको भन्दै कार्की आयोगले कारबाही सिफारिस गरेको थियो ।
सोही आधारमा लेखक पक्राउ परेका हुन् । तर, उनको पक्राउलाई एमाले र उनको दल कांग्रेसको खड्का–कोइराला पक्षले प्रतिशोध भन्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
