`

लाओससँगको पहिलो हाफ गोलरहित बराबरीमा रोकियो नेपाल

Nepal One HD १७ चैत २०८२ १९:०६
खेलकुद

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओस र नेपालबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

सोमबार भएको दोस्रो लेगको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ ०–० को स्थितिमा टुंगिएको हो।

नेपाल पहिलो लेगको हारको बदला लिँदै जितसहित प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा रहेको छ। गत वर्ष भएको पहिलो लेगमा नेपाल २–१ ले पराजित भएको थियो।

यता लाओस भने घरेलु मैदानमा पाहुना टोली नेपालविरुद्ध दोस्रो लेगमा पनि जित दोहोर्‍याउने प्रयासमा छ।

दुवै टोली छनोटको समूह ‘एफ’मा रहेका छन्। यसअघि नै छनोट दौडबाट बाहिरिएका यी दुई टोलीले समान तीन–तीन अंक जोडेका छन्। अंकतालिकामा नेपाल पुछारमा रहेको छ भने लाओस एक स्थान माथि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *