`

५ हजारको प्रलोभनमा एसईई दिइरहेका नक्कल्ली परीक्षार्थी पक्राउ

Nepal One HD २० चैत २०८२ ११:४६
शिक्षा

हेटौँडा। एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  प्रहरीका अनुसार अंकित श्रेष्ठको नाममा परीक्षा दिइरहेका विराज विकलाई नियन्त्रणमा लिइएको हो। अंकित फेमकोल एकेडेमी का विद्यार्थी हुन्।

पक्राउ परेका विकले ५ हजार रूपैयाँको प्रलोभनमा श्रेष्ठको परीक्षा दिएको पाइएको मकवानपुरका सीडीओ वसन्त अधिकारीले बताए । प्रहरीले नक्कली परीक्षार्थीबारे मुचुल्का तयार आवश्यक कारबाही सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *