अब एकै दिनमा स्वीकृति
अर्थ समाचार
काठमाडौं। वैदेशिक रोजगार विभागले एकै दिनमा श्रम स्वीकृति सुरु भएको बताएको छ ।पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागकी महानिर्देशक मिरा आचार्यले टोकन प्रणाली खारेज गर्दै एकै दिनमा श्रम स्वीकृति कार्यान्वयनमा आएको बताएकी हुन्।
उनले भनिन् , ‘वर्तमान सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन श्रमिकको हकहित संरक्षणका लागि विभागले सरकारको निर्देशन कार्यान्वयन गरेको छ।’
यस्तै,विभागले श्रमिकलाई अन्तर्वार्ताको फारम अंग्रेजी र नेपाली दुबैमा अनिवार्य भराउन सूचीकृत म्यानपावरलाई निर्देशन दिएको छ ।भने ,विभागले श्रमिकको अभिमुखीकरणमा सात सय भन्दा बढी शुल्क लिएमा तालिम केन्द्रको इजाजत खारेज गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
