`

अफगानिस्तानमा भुकम्पले एकै परिवारका ८ जनाको मृत्यु

Nepal One HD २१ चैत २०८२ १७:१०
विश्व

काठमाडौं । अफगानिस्तानमा शुक्रबार राति ५.८ म्याग्निच्युडको भूकम्प गएको छ।

अफगान अधिकारीहरूका अनुसार यस भूकम्पमा कम्तीमा ८ जनाले ज्यान गुमाएका छन्।

अफगान स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार राजधानी काबुलको बाहिरी क्षेत्रमा घर भत्किँदा एकै परिवारका ८ जनाको मृत्यु भएको हो। घटनामा एक बालक घाइते भएका छन्।

१८० किलोमिटरभन्दा गहिराइमा उत्पन्न भूकम्पका धक्का पाकिस्तानसम्म पुगेको थियो।

इस्लामाबाद, पेसावर, चित्राल, स्वात र साङ्ला क्षेत्रमा पनि कम्पन महसुस गरिएको रोकिएको छ, तर त्यहाँ अहिलेसम्म कुनै क्षति वा घाइतेबारे सूचना आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *