आ हा ! फूलले ढकमक काठमाडौं (फोटो फिचर)
फोटोफिचर
काठमाडौं । वसन्त ऋतु सुरु भएसँगै काठमाडौंका सडक, खोला किनार र सार्वजनिक स्थानहरूमा विभिन्न प्रजातिका फूलहरू ढकमक फूलेका छन्।
पहेँलो, गुलाबी, रातो र सेतो रङका फूलहरूले शहरलाई रंगीन बनाउँदै यसको सौन्दर्य र रौनक झन् बढाएका छन्।
बिहान-साँझ सडकमा हिँड्ने मानिसहरूका लागि पनि वातावरण थप मनमोहक बनेको छ।
बागमती नदी किनारका क्षेत्रमा फुलेका फूलहरूले प्राकृतिक सुन्दरतामा नयाँ आयाम थपेका छन्।
वसन्तको आगमनसँगै शहरको दृश्य मात्रै होइन, मानिसहरूको मनोदशा पनि प्रफुल्लित भएको देखिन्छ।







प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
