महान्यायाधिवक्ता डा. कँडेलद्वारा शपथ ग्रहण
प्रमुख खबर
काठमाडौँ। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उहाँले आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, सर्वोच्च अदालतका न्यायाधीश र कानुन मन्त्रालयका उच्च अपधिकारीको उपस्थिति थियो ।
अधिवक्ता डा. कँडेल बागलुङ निवासी हुनुहुन्छ । उहाँले आइतबार नै महान्यायाधिवक्ताको रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
