योगेशको कटाक्ष : ‘बादल मडारियो,जबज निथ्रुक्कै भिज्यो,हामी हेरेको हेर्यै भयौं!’
काठमाडौं। नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले कास्कीमा आयोजित जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीभित्र बहस तीव्र बनेको छ।
पोखरामा आयोजित कार्यक्रममा बादलले आफूले संसदको पहिलो बैठकमा व्यक्त गरेको धारणा पार्टीभित्र र बाहिर रहेका दक्षिणपन्थी प्रवृत्तिलाई उजागर गरेको बताएका थिए। उनको उक्त भनाइपछि एमालेभित्र विभिन्न नेताहरूले पक्ष र विपक्षमा धारणा सार्वजनिक गर्न थालेका छन्।
यसैबीच, उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा व्यंग्य गर्दै प्रतिक्रिया जनाएका छन्।
‘मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो, हामी हेरेको हेर्यै भयौं! स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ,’ भन्दै उनले प्रतीकात्मक रूपमा कटाक्ष गरेका छन्।
बादलको अभिव्यक्तिलाई लिएर एमालेभित्र विचार विभाजन देखिएको छ भने अहिले योगेशको अभिव्यक्तिले पनि पार्टीभित्रको आन्तरिक बहसलाई अझ तीव्र बनाएको छ।
उनको कविता:
