`

एनटीसीको एसईई अफर यस्तो ?

Nepal One HD २६ चैत २०८२ ११:३४
विज्ञान-प्रविधि

काठमाडौं। नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीलाई लक्षित गर्दै ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार उक्त अफर चैत २६, २०८२ देखि असार २६, २०८३ सम्म लागू हुनेछ। यस योजनाअन्तर्गत विद्यार्थीहरूले केवल २० रुपैयाँमै नयाँ सिमकार्ड देशभरका टेलिकम कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। साथै, पुराना प्रयोगकर्ताले पनि आफ्नो हालकै नम्बरमार्फत यो सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।

नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्म दैनिक रूपमा विभिन्न सेवा उपलब्ध हुनेछन्। जसअन्तर्गत दैनिक २० मिनेट अन-नेट कल, १० वटा एसएमएस र ५०० एमबी डाटा प्रयोग गर्न पाइनेछ, तर यी सेवा सोही दिनभित्र प्रयोग गर्नुपर्नेछ।

त्यसैगरी, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा अतिरिक्त सुविधा पनि प्रदान गरिनेछ। यसअन्तर्गत ५०० एमबी डाटा, ५० मिनेट अन-नेट कल र ५० वटा एसएमएस उपलब्ध हुनेछन्, जसको प्रयोग अवधि ३ दिन हुनेछ।

सिम लिनका लागि विद्यार्थीले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको प्रतिलिपि, एक प्रति फोटो तथा आफ्नो वा अभिभावकको नागरिकता वा सरकारी परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

सिम सक्रिय गर्न *1414# डायल गर्नुपर्नेछ भने अफर लिन *1600# डायल गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। हाल सिम प्रयोग गरिरहेका विद्यार्थीहरूले पनि *1600# डायल गरी आफ्नो एसईई सिम्बोल नम्बर (अक्षरबाहेक) र जन्ममिति (YYMMDD ढाँचामा) प्रविष्ट गरेर यो अफर उपयोग गर्न सक्नेछन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *