सेयर बजार नेप्सेमा ४८ अङ्कको वृद्धि
अर्थ समाचार
सेयरबजार नेप्से बिहिबार ४८. ७१ अङ्कले उकालो लागेको छ।
योसँगै बजारमा झण्डै १० अर्बको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार २ करोड ७९ लाख कित्ता सेयर किनबेचपछि ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको हो।
यस दिन कुल २५१ वटा सेयरको मूल्य बढ्दा १६ वटा घटेको र एउटा अघिल्लो मूल्यमै कारोबार भएको छ।
बिहीबार ६ वटा सेयरमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी, सोलु हाइड्रो, होटल फरेस्ट इन १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः ५५७.१३, ३८९.९०, ९८.५०, ७०.७०, ६८.४० र ६१.९० रुपैयाँ आम्दानी गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
