`

उद्योग वाणिज्य महासङ्घको निर्वाचन रोक्न उच्चको आदेश

Nepal One HD २६ चैत २०८२ १६:४८
अर्थ समाचार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र निर्वाचन तत्कालका लागि रोकिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै महासङ्घको ६०औँ साधारण सभा तथा निर्वाचन स्थगित गर्न आदेश दिएको हो।

चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसहितका सदस्यहरूले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा उद्योग वाणिज्य महासङ्घ, यसको कार्यकारिणी समिति, सदस्यता समिति तथा निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।

यसअघि चैत २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशलाई निरन्तरता दिँदै चैत २६ गते पुनः अन्तरिम आदेश जारी गरिएको हो।

महासङ्घले चैत २९ र ३० गते ६०औँ वार्षिक साधारण सभा गर्दै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *