`

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पोखरेल पक्राउ

Nepal One HD २९ चैत २०८२ ११:४९
अपराध

काठमाडौं। बालेन्द्र शाह विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरबाट एक युट्युबर पक्राउ परेका छन्। ‘हाडेस’  नामक युट्युब च्यानलमार्फत भिडियो बनाउँदै आएका रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी जनाएको छ। फाल्गुनन्द गाउँपालिका-७ घर भई सदरमुकाम फिदिम बस्दै आएका पोखरेलले विभिन्न नेताहरू र उनीहरूको कामको आलोचना गर्दै भिडियो सामग्री बनाउने गरेका थिए।

प्रहरीका अनुसार पोखरेलले प्रकाशित गरेको एक भिडियोमा बालेन्द्र शाहलाई ‘भगवान् होइन’ भन्दै आलोचना गरेका थिए। साथै उनले पुराना नेताहरूलाई भ्रष्ट भनेका र प्रधानमन्त्री बन्नका लागि रवि लामिछानेको समर्थन गरेको टिप्पणी गरेका थिए।

उक्त भिडियो अझै पनि उनको च्यानलमा उपलब्ध रहेको बताइएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर साइबर अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *