भरौल गोल्डकपको उपाधि आरटीएफसी मलेसियालाई
खेलकुद
सुनसरी। नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।आज सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै आरटीएफसीले नगद चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पथरी–११ फुटबल क्लबले नगद दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरी–११ का मिलन राई घोषित भएका छन् । उनले रु २५ हजार नगद पुरस्कार प्राप्त गरे । यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
