गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरः नवनियुक्त मन्त्रीले लिए शपथ(तस्बिरहरु)
पाेखरा। गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरु नियुक्त गरेका थिए।
मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्तगरेका छन्। ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन् । काँग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।
यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन,भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डेस्वास्थ्यमन्त्री बनेका छन् ।













