गृहमन्त्री गुरुङले काँध हाले अभयलाई, स्वयम्भुमा गरियो अन्तेष्टि(भिडियाे)
काठमाडौं। ट्रक दुर्घटनामा ज्यान गुमाएका प्रहरी इन्स्पेक्टर अभय लामाको आज अन्त्येष्टि गरिएको छ।
स्वयम्भुनाथमा बौद्ध परम्पराअनुसार सम्पन्न दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई लामाको शवमा काँध हालेका थिए। एक प्रहरी अधिकारीको निधनमा गृहमन्त्री स्वयं सहभागी भएर दाहसंस्कार गर्ने ठाउँ सम्म पुर्याएको यो घटना विरलै मध्येको एक हो ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए।
लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। सोही दिन ड्युटी सकेर घर फर्कंदै गर्दा तारकेश्वर नगरपालिका-८, डाँडागाउँमा दुर्घटना भएको थियो। लामाले चलाएको बा.प्रा ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा ०३-००१ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।
