`

रास्वपा केन्द्रीय समिति बैठक सुरु,बालेनले बाल दिएनन्

Nepal One HD ७ वैशाख २०८३ १६:३४
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । सोमबार अपराह्न पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बसेको हो ।

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने बैठकमा सहभागी भएका छैनन् ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकका लागि नौवटा एजेन्डा तय गरिएको जानकारी दिएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूलाई ‘रिपोर्टिङ’ गर्न प्रत्येकलाई दुई मिनेटको समय छुट्याइएको छ ।

यसअघि आइतबार रास्वपाको सचिवालय बैठक बसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *