`

महामन्त्री बन्दै भूपदेव

Nepal One HD ७ वैशाख २०८३ १६:५०
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह सँगको सहमतिअनुसार शाहलाई उक्त जिम्मेवारी दिन लागिएको हो।

बालेन्द्र शाह काठमाडौं महानगरपालिका का मेयर रहँदा भूपदेव शाह उनका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी अछाम-२ बाट उम्मेदवार बनेका थिए तर पराजित भएका थिए।

यसअघि बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी गरिएको थियो। तर, उनी हाल भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीमा रहेकाले उनको स्थानमा भूपदेव शाहलाई अघि सारिएको हो।

रास्वपाको केन्द्रीय समिति बैठक अहिले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। स्रोतका अनुसार ‘एक पद, एक व्यक्ति’ नीतिअनुसार अन्य पदहरूमा पनि हेरफेर हुनसक्ने संकेत गरिएको छ। उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि सो पद पनि रिक्त रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *