‘स्विप अपरेशन’ : ११३ जना पक्राउ
अपराध
चितवन। जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार सञ्चालन गरिएको उक्त कारबाहीमा लागुऔषध बिक्री तथा सेवन गर्ने, मादकपदार्थ सेवन गरेर हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानी दुःख दिने, सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध गर्ने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै मोटरसाइकल चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
