संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्यो मार्चपास(तस्बिरहरु)
काठमाडौं । सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णय अघि बढाएपछि संयुक्त विद्यार्थी संगठनले त्रिवि परिसरमा विरोधस्वरूप मार्चपास गरेको छन् ।
कीर्तिपुरस्थित त्रिवि गेटबाट सुरु भएको जुलुस विश्वविद्यालय क्षेत्रका विभिन्न भाग घुमाउँदै सम्पन्न गरिएको थियो।
विरोधमा सहभागी विद्यार्थीहरूले ‘स्वर्णिम सरकार – महंगी भो उपहार’, ‘लागू औषध मुक्त समाज निर्माण गरौँ’, ‘We are students, not customers’, ‘मेरिटोक्रेसी लागू गर’ र ‘स्ववियु खारेज गर्ने निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै विश्वविद्यालय प्रशासन र सरकारप्रति कडा असन्तोष प्रकट गरे। विद्यार्थी नेताहरूले संगठन खारेजीको निर्णयलाई गैर-लोकतान्त्रिक र विद्यार्थी अधिकारमाथिको प्रत्यक्ष प्रहार भन्दै तत्काल फिर्ता लिन आग्रह गरे।
उनीहरूले विद्यार्थी संघसंस्थालाई निषेध गर्न खोज्नु शिक्षामा नियन्त्रण र एकाधिकार स्थापित गर्ने प्रयास भएको आरोप लगाउँदै माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।















