सभापति लामिछाने र ट्रम्पका विशेष दूत गोरबीच भेटवार्ता
बिशेष
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। शनिबार भएको उक्त भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ।
सर्जियो गोरले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि बलियो जनादेश रहेको र सरकारले अघि सारेका सुधार कार्यक्रमहरू सकारात्मक रहेको टिप्पणी गरेका छन्।
गोर बिहीबार साँझ काठमाडौं आइपुगेका थिए। यसअघि उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
उनी शनिबार राति भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
