`

वैकल्पिक व्यवस्था बिना विद्यालय भत्काउँदा विद्यार्थी आतंकित

Nepal One HD १९ वैशाख २०८३ २२:०२
शिक्षा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बागमती प्रदेश समितिले पछिल्लो समय विद्यालयहरूमा डोजर प्रयोग गरी भौतिक संरचना भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

शनिबार जारी प्रेस वक्तव्यमा संगठनले केही दिनयता काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा डोजर चलाउँदै आएको उल्लेख गर्दै यसले जनतामा त्रास सिर्जना गरेको आरोप लगाएको हो ।

विशेषगरी सरस्वती आधारभूत विद्यालय, मध्यपुर थिमीमा बिना सूचना तथा वैकल्पिक व्यवस्था विद्यालय भत्काइएको र त्यसपछि बुद्धज्योति बाल उद्यम आधारभूत विद्यालय, काठमाडौं महानगरपालिका–१९, बालाजुस्थित विद्यालयमा पनि यस्तै कार्य दोहोरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

संगठनले यस्ता गतिविधिले विद्यार्थीहरूमा त्रास फैलाएको, उनीहरूको पढाइ अवरुद्ध भएको तथा बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर परेको दाबी गरेको छ। साथै, सयौं विद्यार्थी शिक्षा प्राप्त गर्नबाट वञ्चित भएको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *