`

ऐलानी जग्गामा केपी खनालको तीनतले घर,जग्गा लालपूर्जाविहीन

Nepal One HD २० वैशाख २०८३ ११:०३
राजनीति

काठमाडौं। कैलालीमा सांसद केपी खनालको नाममा ऐलानी जग्गामा नक्सापास नगरी बनिरहेको तीनतले घरको विषय सार्वजनिक भएपछि नयाँ विवाद पैदा भएको छ। सो स्थलको कुनै लालपुर्जा जारी नभएको पुष्टि हुँदा विवाद अझ चर्किएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) अवैध संरचना हटाउने अभियानमा सक्रिय रहेका बेला आफ्नै पार्टीका सांसदको घर मापदण्डविपरीत निर्माण भइरहेको तथ्य बाहिर आउनु चर्चाको केन्द्र बनिरहेको हो।

खनाल पक्षले भने घर ऐलानी जमिनमै भए पनि अतिक्रमण गरेर नभई परिवारकै लगानीमा निर्माण भइरहेको दाबी गरेको छ।

स्थानीय तहका अनुसार सो क्षेत्रमा अव्यवस्थित बसोबास व्यापक छ। भूमि आयोगमार्फत प्रक्रिया अगाडि बढे पनि अहिलेसम्म लालपुर्जा वितरण भएको छैन।

लम्कीचुहा क्षेत्रमा मात्र हजारौँ भूमिहीन परिवार बसोबास गरिरहेकाले यस्तो मुद्दा झनै जटिल र संवेदनशील बन्दै गएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *