दुईजना पक्राउ
अपराध
विराटनगर। विराटनगर विमानस्थलमा प्रहरीले स्रोत अस्पष्ट रहेको झन्डै २७ लाख रुपैयाँसहित दुई व्यक्तिलाई दुई दिनको अन्तरालमा नियन्त्रणमा लिएको छ।
शनिबार काठमाडौँतर्फ विमान चढ्न तयारी अवस्थामा रहेकै बेला भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई प्रहरीले रु १५ लाख ९८ हजारसहित रोकेको जिल्ला प्रहरी कार्यालयकी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट रु ११ लाख नगदसहित पक्राउ गरिएको जनाइएको छ।
उनीहरूको नगदको स्रोत र उद्देश्यबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
