`

ढकालसहित २० बढी पक्राउ

Nepal One HD २० वैशाख २०८३ १४:३९
अपराध

काठमाडौं । देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, चरेस तथा नियन्त्रित औषधिसहित २० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेकाहरूको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट ३८ वर्षीय हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट २४ वर्षीय सागर दर्जीलाई २ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। बिर्तामोड नगरपालिका-४ बाट २८ वर्षीय सागर रसाइलीसहित ४ जना पक्राउ परेका छन्। मेचीनगर नगरपालिका-६ बाट २७ वर्षीय रोहित भण्डारी र १८ वर्षीय एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट २० वर्षीय लक्ष्मण शाही र २६ वर्षीय प्रकाश रिमाललाई १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका-१ बाट ३० वर्षीय रामस्वरूप राना सहित ५ जनालाई ३ ग्राम ६०० मिलिग्राम चरेस जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-६ बाट २१ वर्षीय आशिष सुर्खेती र २५ वर्षीय सन्देश राउतलाई डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको छ।

बर्दियाको बाँसगढी नगरपालिका-५ बाट ३२ वर्षीय सुनिल थारूलाई २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-७ बाट १९ वर्षीय जनक राम रानालाई १ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

धनुषाको धनुषाधाम नगरपालिका–९ बाट २० वर्षीय रोहित कुमार मण्डल र २२ वर्षीय मुकेश साहलाई नाइट्राजेपाम १०० ट्याब्लेटसहित पक्राउ गरिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-९ बाट ३४ वर्षीय करन चौधरीलाई ३३ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ र लागूऔषध नियन्त्रण अभियानलाई देशभर अझ सशक्त बनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *