`

सागर ढकाल बने रास्वपाको सचिवालय सदस्य, आजै शपथ

Nepal One HD २० वैशाख २०८३ १५:००
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई पार्टी सभापति रवि लामिछानेले आइतबार शपथग्रहण गराएका हुन्।

शपथग्रहणसँगै पार्टीले आइतबार नै सचिवालय बैठक पनि बोलाएको छ। बैठक पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी आह्वान गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकमा स्थानीय तहको उम्मेदवार छनोटसम्बन्धी रूपरेखा, महाधिवेशन कार्यविधि २०८३, तथा संसदीय दलको विधान संशोधनबारे छलफल हुने बताइएको छ। साथै समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *