`

२४० महिला सहित २४८ जना पक्राउ

Nepal One HD २० वैशाख २०८३ १९:३८
अपराध

काठमाडौं। प्रहरीले अनैतिक गतिविधि हुने सूचनाका आधारमा काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरहरूमा छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार उक्त कारबाही गरेको हो।

छापामार कारबाहीका क्रममा ती मसाज सेन्टरहरूबाट कुल २ सय ५८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २ सय ४० महिला र ८ जना पुरुष रहेका छन्।

कार्यालयका अनुसार ठमेल, बौद्ध तथा ललितपुरका विभिन्न स्थानमा रहेका मसाज सेन्टरहरूमा छापा मारिएको हो। मसाज सेन्टरको आवरणमा वेश्यावृत्ति सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *