`

आजदेखि तीन फिल्म प्रदर्शनमा

Nepal One HD २५ वैशाख २०८३ ११:३५
चलचित्र

काठमाडौं। आजदेखि नेपाली सिनेमाको बक्स अफिसमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् ।

आजबाट गुरु आमा, लालीबजार र मालती मंगले देशभर प्रदर्शनमा आएका हुन् ।

लालीबजार मा स्वस्तिमा खड्का को प्रमुख भूमिका रहेको छ । यसअघि वैशाख १८ गते प्रदर्शन हुने भनिएको फिल्म कानुनी झमेलाका कारण रोकिएको थियो । अहिले फिल्मले देशभर १२० भन्दा बढी शो पाएको बताइएको छ ।

त्यस्तै मालती मंगले मा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा छन् । फिल्मले देशभर करिब १०५ शो पाएको छ ।

गुरु आमा ले भने करिब ७१ शो पाएको बताइएको छ । फिल्ममा मिथिला शर्मा को प्रमुख भूमिका रहेको छ ।

यम थापा को निर्देशनमा बनेको लालीबजार मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ र अभय बराललगायत कलाकारहरूको अभिनय रहेको छ ।

त्यसैगरी गायक रामकृष्ण ढकाल ले पहिलो पटक निर्माण गरेको तथा प्रकु पाण्डेय को निर्देशन रहेको मालती मंगले मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

त्यस्तै प्रेम सोनी सुनार को निर्देशनमा बनेको गुरु आमा मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *