`

इनमकी पत्नीको मानवअधिकार आयोगमा उजुरीपछि विश्वप्रकाशले मागे प्रधानमन्त्रीसँग जवाफ

Nepal One HD १२ मंसिर २०८३ ८:४५
नेपाली कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।

सापकोटाकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा कांग्रेस सभापति गगन थापासहितका नेताविरुद्ध बयान दिन दबाब र धम्की दिइएको उल्लेख भएपछि शर्माले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन् – “काँग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरु विरुद्ध बयान दिए छोडिदिने , नत्र फँसाइ दिने !´´ इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजि ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरु क्रमशः एकपछि अर्को बन्दैछन् ?
पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ मध्ये एक हो l
`इनम प्रकरण´ लाई `सस्पेन्स थ्रीलर फिल्म´ का रुपमा होइन, बिचौलिया इनम र निजको कर्मसँग जोडिएका सम्पुर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ l षड्यन्त्रका पत्रहरु क्रमशः खुल्दैछन् , अब पर्दा पुरै च्यातिनुपर्छ l वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी छ l


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *