`

चित्रबहादुरसहित २९ जना पक्राउ

Nepal One HD २५ वैशाख २०८३ १६:४८
अपराध

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति क्यासिनोमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ९५ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन ५० थान तथा १७ थान मोबाइल बरामद गरिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरामा पनि जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१३ काहुँखोलास्थित इटजोन खाजा घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले छापा मारेको थियो ।

प्रहरीले खाजा घरका सञ्चालक ५१ वर्षीय चित्रबहादुर रानाभाटसहित १० जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट नगद ७७ हजार १८० रुपैयाँ र ८९९ पत्ती तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुवै घटनाका पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *