`

इन्डोनेसियामा ज्वालामुखी विस्फोट : तीन पर्वतारोहीको मृत्यु

Nepal One HD २५ वैशाख २०८३ १६:५३
विश्व

काठमाडौं। इन्डोनेसियाको उत्तरी मोलुक्का प्रान्तस्थित माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा तीन जना पर्वतारोहीको मृत्यु भएको छ ।

इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण निकायका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः४१ बजे ज्वालामुखी विस्फोट भएको हो ।

डुकोनो ज्वालामुखी इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मानिन्छ । यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित रहेको छ ।

स्थानीय प्रहरी प्रमुखका अनुसार घटनास्थलबाट करिब १५ जनालाई उद्धार गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

विस्फोटपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *