वाग्लेको नेतृत्वमा रास्वपा सांसदहरुको प्रशिक्षण सुरु (तस्वीरहरू)
फोटोफिचर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिहरूलाई आजदेखि दिने दोस्रो चरणको प्रशिक्षण सुरु गरेको छ । शनिबार ललितपुरको स्टाफ कलेज जाउलाखेलमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
रास्वपाका अनुसार बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ ।
यसअघि चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा जनप्रतिनिधिहरूका लागि आवासीय प्रशिक्षण कार्यक्रम गरिएको थियो । त्यतिबेला विषय विज्ञ र पार्टीका शीर्ष नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट








