`

युवती मृत फेला परेपछि तीन जना नियन्त्रणमा

Nepal One HD २६ वैशाख २०८३ १४:३७
अपराध

काठमाडौँ। निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा १९ वर्षीया सीता थिङ मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घाँटी थिचेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक आशङ्का गरेको छ ।

घटनास्थलबाट प्रमाण सङ्कलन गरिएको र शव पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *