`

पार्टीलाई प्रश्न गरेको भन्दै आशिकालाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

Nepal One HD २६ वैशाख २०८३ १७:४४
प्रमुख खबर

काठमाडौं । फाइभ स्टार होटेलमा कार्यक्रम किन गरेको भन्दै पार्टीलाई प्रश्न सोधेपछि सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

सामाजिक सञ्जालमा पार्टी गतिविधिबारे लगातार टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।

शनिबारदेखि सुरु भएको पार्टीका सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमबारे पनि उनले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै टिप्पणी गरेकी छन्।

जावलाखेलस्थित स्टाफ कलेजमा सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमलाई लिएर उनले सिंहदरबारबाहिर आयोजना गरिएकोप्रति प्रश्न उठाएकी हुन्। सामाजिक सञ्जालमा उनले यस्तो कार्यक्रम सिंहदरबारमै उपलब्ध हलहरूमा गर्न सकिने भए पनि बाहिर किन गरिएको भन्दै प्रश्न गरेकी छन्।

उनले सांसदहरूको सुरक्षाका लागि मात्र बाहिर कार्यक्रम गरिएको हो भने के सुरक्षा केवल एक दिनका लागि मात्र आवश्यक हो भन्ने प्रश्न पनि उठाएकी छन्। साथै, पार्टीले फजुल खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको विपरीत देखिएको भन्दै उनले प्रश्न गरेकी छन्-’यदि यस्तै हो भने पुराना र नयाँ पार्टीमा के फरक भयो त?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *