`

‘मन विनाको धन’को सिक्वेल बन्ने, पूजा शर्मा मुख्य भूमिकामा

Nepal One HD २९ वैशाख २०८३ ११:३५
चलचित्र

काठमाडौं। गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ। फिल्मका निर्माता तथा निर्देशक टंक बुढाथोकीले नै दोस्रो श्रृंखला निर्माण तथा निर्देशन गर्ने भएका हुन्।

टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहने फिल्ममा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। निर्माण पक्षका अनुसार फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने कथा र संगीत निर्देशक बुढाथोकी स्वयंको रहनेछ।

फिल्मको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ। अन्य कलाकारको टुंगो भने अझै लागिनसकेको बताइएको छ।

निर्देशक बुढाथोकीले अहिले फिल्मको प्रि-प्रोडक्सनको काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका छन्। उनले सुरुवातमै पूजा शर्मालाई फिल्ममा अनुबन्धित गरिएको र अन्य कलाकारलाई पनि क्रमशः जोड्दै लगिने बताए।

अभिनेत्री पूजा शर्माले फिल्मको कथा मन परेकाले आफू परियोजनामा आबद्ध भएको बताएकी छन्। फिल्मको निर्माण विष्णु माया मैनालीले गर्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *