मानसिक तथा कानुनी परामर्श सेवा उपलब्ध गराउन रास्वपा सांसद रञ्जु दर्शनाको माग
प्रमुख खबर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बुढेसकाल अपराध नभई राज्यले संरक्षण गर्नुपर्ने अवस्था भएको बताइन्।
उनले भनिन्, ‘बुढेसकाल अपराध होइन, राज्यले संरक्षण गर्नुपर्ने अवस्था हो। जसले देश निर्माणमा खटिनुभयो, आज उहाँहरू आफ्नै बुढेसकालमा एक्लै हुने अवस्था छ।’
सांसद दर्शनाले प्रत्येक वडामा पहुँचयोग्य स्वास्थ्य सेवा, मानसिक तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइन्। उनले ज्येष्ठ नागरिक, सुत्केरी लगायतलाई राज्यले अभिभावकत्व महसुस गराउन सक्ने नीति आवश्यक रहेको पनि बताइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
