`

बालेनको शासनशैली कतातिर ? (टिप्पणी)

जङ्‍ग तामाङ २९ वैशाख २०८३ १७:४६
फिचर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अमर्यादित व्यवहार बारम्बार देखिँदै छ । जनताले अभूतपूर्व विश्‍वास गरेकाे आडमा उनी असंसदीय हर्कत गर्न उद्धत देखिन्छन् । साेमबार त उधेकलाग्दै देखियाे । राष्ट्रपति रामचन्द्र पाैडेलले बालेन सरकारकै आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा अचानक उठेर संसद हल छाडेर निस्किए ।याे दृश्यले धेरैलाई स्तब्ध बनाएको छ। मङ्‍गलबार विपक्षी दलहरुले उनकाे यस्ताे हर्ककाे आलाेचना गरे ।

राष्ट्रपतिमार्फत प्रस्तुत भएकाे नीति तथा कार्यक्रम कुनै व्यक्तिको व्यक्तिगत भाषण होइन, त्याे देश विकासकाे मार्गचित्र हाे । सरकारको एक वर्षे दृष्टि हाे । प्राथमिकता र उत्तरदायित्वकाे दस्तावेज हाे । तर, प्रधानमन्त्री बालेनको व्यवहारले नीति कार्यक्रम सार्वजनिक कार्यक्रमलाज्ञ नै खल्लाे बनायाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *