सरकारी ठेक्का अलपत्र : अध्यक्ष शर्मा पक्राउ
अपराध
काठमाडौं। नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। उनलाई सरकारी ठेक्का अलपत्र पारेको आरोप लागेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका निर्माण व्यवसायी शर्मालाई आवश्यक प्रक्रियाका लागि सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
