`

कक्षा १२को प्रश्नपत्र सार्वजनिक प्रकरणमा दुई जना पक्राउ

Nepal One HD २९ वैशाख २०८३ १७:५५
अपराध

काठमाडौं । कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले सुर्खेतको वीरेन्द्रनगर–८ घर भई हाल काठमाडौं–३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र धादिङ निलकण्ठ–३ घर भई बूढानीलकण्ठ–१० कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले ह्वाट्सएप र फेसबुक मेसेन्जर (फेसबुक मेसेन्जर) लगायतका सामाजिक सञ्जालमा समूह बनाएर उत्तरसहित प्रश्नपत्र बाहिर ल्याई गोपनीयता भंग गरेको आरोप छ ।

सोमबार चाबहिलबाट पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद थप अनुमति दिएको छ । साइबर ब्युरोले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *