`

नेपाललाई ‘डिजिटल भिलेज’ बनाउन रास्वपा सांसदको अधिकारीको माग

Nepal One HD ३० वैशाख २०८३ ११:५४
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले ‘डिजिटल नेपाल’ कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् ।

उनले नेपाललाई डिजिटल भिलेज बनाउनुपर्ने भन्दै युवाहरूलाई देशमै बसेर डलर आर्जन गर्ने हैसियतमा पुर्‍याउनुपर्ने बताइन् ।

त्यसो गरिए रित्तिएका पहाडका गाउँहरू भरिभराउ हुने उनको भनाइ छ ।

सरकारले प्रविधिलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले वर्क फ्रम होमबाट नेपाली युवाले डलर आर्जन गर्न सके देश समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी गरिन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *